७ श्रावण २०८३, बिहिबार

१९ अंकले बढ्यो नेप्से, अधिकांश समुहमा हरियाली



काठमाडौं । साताको दोस्रो दिन नेप्से १९ अंकले उकालो लागेको छ । आइतबार ७३ अंकले बढेको बजार आज भने १९ अंकमा सिमित भएको छ ।

यस दिन बजार १९.४३ अंकले बढेर नेप्से परिसुचक २७८४.९५ अंकमा पुगेर बजार बन्द भएको छ । बैकिङ्ग, होटल एण्ड टुरीजम र उत्पादन बाहेक सबै समुहमा हारियाली छाएको छ ।

२ सय ३६ कम्पनिको १४ करोड २८ लाख ८ हजार १ सय ३० कित्ता शेयर ७७ हजार १ सय ८३ पटक किनबेच हुदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्