सोमबार थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार ११ हजार ४ सय २९ जनामा गरिएको परिक्षणमा थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३३ हजार ९ सय ४६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मुत्यु भएको छ भने २ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ८ सय ५५ जना रहेका छन् ।
यो संगै हालसम्म कोरोना संक्तमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ जना पुगेको छ भने ११ हजार ६ सय ६ जनाले ज्यान गुमाएका छन् ।














