सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र ग्राहकले आगन्तुक रिसोर्टमा २३ प्रतिशत छुट प्राउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रा.लि. बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्टले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्नेछ । उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राउनेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्यूआरकोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् । बैंकले १०५ शाखा कार्यालयहरु, ३२ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।













