७ श्रावण २०८३, बिहिबार

एनएमबि बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन् आवेदन दिन ?



काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ४९ हजार ६ सय ९३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।उक्त शेयरमा बैंकको हाल कायम संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

हाल कायम संस्थाक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रत्तिकित्ता २२० वा सो भन्दा बढि मुल्य अंकित गरि बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा शेयर कित्ता र प्रतिकित्ता रकम खुलाई निवेदन दिनुपर्ने दिनसक्ने छन् ।

आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा फेरी सुचना प्रकाशित गदै अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्