७ श्रावण २०८३, बिहिबार

एकै दिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३१३ जना निको भए



काठमाडौ । मंगलबार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनामा गरिएको परिक्षणमा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३५ हजार ९ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ भने ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ५ सय २२ जना संक्रिय संक्रमित रहेका छन् ।

हालसम्म कोरोनासंक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ जना पुगेको छ । त्यसैगरी ११ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्