मेगा बैंककी सीईओ खुञ्जेलीको एक वर्षमा १ करोड १४ लाख तलव, प्रबन्धक तथा महाप्रबन्धकको १२.२४ करोड रुपैयाँ
काठमाडौं । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी १ करोड १४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्ष २०७७–७८ मा सीईओ अनुपमा खुञ्जेलीले तलव वापत १ करोड २ लाख रुपैयाँ, दशैं भत्ता वापत ८ लाख ५० हजार रुपैयाँ र इन्धन वापत ३ ला ७७ हजार ४५० रुपैयाँ गरी कूल १ करोड १४ लाख २७ हजार ४५० रुपैयाँ पारिश्रमिक बुझेकी छिन् ।
त्यस्तै, बैंकले प्रबन्धक र महाप्रबन्धकहरुलाई गत आर्थिक बर्ष २०७७–७८ मा तलव वापत ६ करोड ५७ लाख ५ हजार ७७६ रुपैयाँ, भत्ता वापत ३ करोड ६६ लाख ७१ हजार ८६४ रुपैयाँ, सञ्चय कोष वापत ६२ लाख ८६ हजार ५७७ रुपैयाँ, दशैं भत्ता वापत ८३ लाख ६१ हजार ५७ रुपैयाँ र इन्धन वापत ५४ लाख २६ हजार ४९५ रुपैयाँ गरी १२ करोड २४ लाख ५१ हजार ७६९ रुपैयाँ वितरण गरेको छ ।
बैंकले सञ्चालकहरुलाई बैठक भत्ता वापत ६२, लाख ५८ हजार ३ सय रुपैयाँ प्रदान गरिएको छ भने मोबाईल तथा पत्रपत्रिका खर्च वापत १० लाख ८ हजार रुपैयाँ प्रदान गरिएको छ ।
बैंकले गत असार मसान्तसम्ममा कर्मचारी खर्चवापत १ अर्ब ८५ करोड ८६ लाख ४३ हजार ७०५ रुपैयाँ र कार्यालय सञ्चालन खर्च (ह्रास खर्च समेत) गरी १ अर्ब ११ करोड ८ लाख ४१ हजार ६२४ रुपैयाँ खर्च गरेको छ ।














