७ श्रावण २०८३, बिहिबार

हिमालयन क्यापिटलले लगानीकर्ताहरुलाई नयाँ वर्षको अवसरमा बिशिष्टकृत लगानी व्यवस्थापन सेवा दिदै



काठमाडौं । हिमालयन क्यापिटल लगानिकर्तालाई बिशिष्टकृत लगानी व्यवस्थापन सेवा दिदै छ । सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि बिभिन्न बिशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुन: नेपालको पुंजी बजारको एक नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको कम्पापिटलले जनाएको छ ।

हिमालयन “अल्फा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ भने हिमालयन “सिग्मा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिने क्यापीटलले जानकारी दिएको छ ।

सिर्जित प्रतिफलको बार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढि हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने पनि कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्