७ श्रावण २०८३, बिहिबार

कामना सेवा विकास बैंकको ३१ हजार कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ७ सय २९ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले एक सुचना जारी गदै संस्थापक शेयरधनीहरु रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा अन्य व्यक्ती तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । बैंक्ले पहिलो चरणमा संस्थापक शेयरधनीहरुलाई मात्र विक्री खुल्ला गरेपनि विक्री हुननसकेकोले अन्य व्यक्ती तथा संघ संस्थाको लागि विक्री खुल्ला गरेको हो ।

इच्छुकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्