७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा ३० अंकको गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो



काठमाडौं । शेयर बजारमा ३० अंकको गिरावट आएको छ । साताको तीन दिन भारी अंकले बढेको बजार आज बुधबार ३०.५१ अंकले गिरावट आएको छ ।

बजार ओरालो लागेपनि कारेबार रक भने केहि समय यताकै उच्च भएको छ । यस दिन ८ अर्ब रुपैयाँ भन्दा बढिको शेयर कारोबार भएको छ । करिब एक दुई महिना यताकै उच्च हो ।

आज दिनभर २ सय २९ कम्पनिको १६ करोड १४ लाख ७ हजार ३ सय ९० कित्ता शेयर ९० हजार ५ सय ९० पटक किनबेच हुदा ८ अर्ब ३३ करोड २१ लाख २ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । आज व्यापार, उत्पादन र लगानि बाहेक सबै समुह राताम्मे भएका छन् ।


प्रतिक्रिया दिनुहोस्