वाणिज्य बैंकहरुले माघ महिनामा पनि ब्याज नबढाउने
काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनामा पनि ब्याज नबढाउने भएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बठकले माघ महिनामा निक्षेपको ब्याजदर नबढाउने सहमति भएको स्रोतले बताएको छ । ब्याजदर बढाएर निक्षेप नबढ्ने तर लागत मात्रै बढ्ने भएपछि बैंकहरुले माघमा पनि पौष महिनाको ब्याजदर लागू गर्ने भएका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले औपचारिक निर्णय नै गरेको स्रोतले बताएको छ । बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका छैनन् ।
यता विकास बैंक र फाइनान्स कम्पनीले भने ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा छलफल गर्न सकेको छैन् । ब्याजदरका बारेमा निर्णय गर्न डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बिहीबार बैठक बोलाएको छ । यसअघि विकास बैंक र फाइनान्स कम्पनीले पौष महिनामा निक्षेपको ब्याजदर स्थिर राखेका थिए । वाणिज्य बैंकहरुले नबढाउने निर्णय गरे विकास बैंक र फाइनान्स कम्पनी पन बढाउन यदि नबढाएमा स्थिर राख्ने सम्भवान भएको स्रोतले बताएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यसैले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्न अझै २ दिन बााकी रहेको छ ।
बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन घट्दै गएपछि पौष महिनामा ब्याजदर बढाएका थिएनन् । मंसिर महिनाको ब्याजदर माघ महिनामा लागू हुने संघको बैठकले निर्णय गरेको छ ।
वाणिज्य बैंकहरुले १०.०५ प्रतिशत, विकास बैंकहरुले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत ब्याज दिईरहेका छन् । सोही ब्याजदर माघ महिनामा कायम हुने भएको हो ।













