७ श्रावण २०८३, बिहिबार

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ जनामा गरिएको नमुना परीक्षणमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जनाको ज्यान गएको छ भने २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । थप भएकामध्ये काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थप भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्