७ श्रावण २०८३, बिहिबार

इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा संचालनमा



काठमाडौं । काठमाण्डौ श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वष २०२र्२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा संचालनमा ल्याएको छ ।

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio  Analyst तथा गहन विश्लेषण, अनुसन्धानको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ । व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यां गराई प्रवेश गर्न सकिनेछ र यो सेवा सम्बन्धि अन्य जानकारीको लागि कम्पनीको ईमेलः [email protected] फोन नम्बर ४४११६०४, ४४११७३३ सम्पर्कको लागि अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्