हिमालयन डिष्टिलरीको शत प्रतिशत लाभांश पारीत
काठमामाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको २१ औं सभाले शत प्रतिशत लाभांश पारीत गरेको छ ।
हिजो वीरगञ्जमा सम्पन्न भएको सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम ७छ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २५ प्रतिशत नगद लाभांश गरि कुल १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनिले पुस १६ गते बुक क्लोज गरेके थियो । तसर्थ पुस १५ गतेसम्म कायम भएका शेयरभनीहरुले कम्पनिको शतप्रतिशत लाभांश पाउने छन् ।













