७ श्रावण २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । माघ १ गतेदेखि लागू हुनेगरी बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जामा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १३ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

बैंकको ब्याजको आधारदर ६.१२ प्रतिशत कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्