६८ लाख कित्ता आईपीओ निष्कासनको लागि रसुवागढी हाइड्रोपावरले दियो बोर्डमा निवेदन
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हाईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । कम्पनिले प्राथमिक शेयर आईपीओ निष्काशनको लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
धितोपत्र बोर्डका अनुसार कम्पनिले स्थानिय बासिन्दाको लागि ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरेको छ । धितोपत्र बोर्डले स्वीकृत गरेपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रमा आइपीओ निष्काशन गर्नेछ ।













