आइतबार ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १ सय ३१ नमुना परीक्षण गर्दा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेका छन् ।













