महालक्ष्मी विकास बैंकको साधारणसभा स्थगित गर्न अदालतको आदेश
काठमाडौं । महालक्ष्मी विकास बैंकको आज हुने भनिएको साधारण सभा रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालतले पाटनले आज (माघ ३ गते) हुने वार्षिक साधारण सभा रोक्न अन्तरिम आदेश दिएको हो ।
पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले महालक्ष्मी विकास बैंकको २० औं बार्षिक साधारणसभा स्थगित गर्न अन्तरिम आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश जारी गर्न पर्ने नपर्ने सम्बन्धमा माघ ३ गते छलफलका लागि अदालतमा बोलाएको भएपनि यवस्थापन पक्षले एकतर्फी रुपमा बार्षिक साधारणसभा गर्न खोजेपछि अदालतले स्थगित गर्न आदेश दिएको हो ।
अदालतको आदेशले बैंकको आज हुने भनिएको वार्षिक साधारण सभा स्थगित हुने भएको हो । यसअघि बैंकको पुस २५ गते बार्षिक साधारणसभा बोलाएको थियो । तर कोरम नपुग्दा स्थगित गरिएको थियो ।













