सोमबार बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार भएन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार भएन



काठमाडौं । आज सोमबार स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार हुन सकेको छैन ।हिजो नेप्सेमा सूचीकृत भएको हाइड्रोपावरको शेयर प्रि ओपन सेसनमा कारोबार हुन नसकेको हो । प्रि ओपन सेसनमा धितोपत्र म्याचीङ्ग हुन नसकेपछि कम्पनिको शेयर कारोबारमा आउन नसकेको हो ।

दोस्रो बजारमा नियमित कारोबारमा आउनको लागि कुनैपनि कम्पनीले दोस्रो बजारमा सेयर कारोबारका लागि नेप्सेमा धितोपत्र सूचीकृत गरेपछि त्यसको दोस्रो कारोबार दिनमा स्पेशल प्रि ओपन सेसनमा म्याचीङ्ग भएर कारोबारमा आउनु पर्ने हुन्छ ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो । त्यसैअनुसार धितोपत्रमा म्याचिङ्ग भएपछि यहि मुल्यको आधारमा रहेर दोस्रो बजारमा कारोबारमा आउने छ ।

हाइड्रोपावरले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्