नेप्सेमा ३८ अंकको गिरावट, कारोबार रकम ६ अर्बमा खुम्चीयो
काठमाडौं । बुधबार नेप्सेमा ३८ अंकले गिरावट आएको छ । यस दिन बजार ३८.३५ अंकले ओरालो लागेर कारोबार मापक नेप्से परिसुचक २८९८.३१ अंकमा आएर बजार बन्द भएको छ ।
आज नेप्सेसंगै कारोबार रकम ओरालो लागेको हो । हिजो ८ अर्बको कारोबार भएकोमा यस दिन ६ अर्बमा खुम्चीएको छ ।
बुधबार दिनभर २ सय २८ कम्पनिको ११ करोड ८३ लाख ७ हजार २ सय २५ कित्ता शेयर ८४ हजार २ सय ३३ पटक किनबेच हुदा ६ अर्ब २१ करोड ३१ लाख १ हजार ८ सय ८१ रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढि अरुण भ्याली हाइड्रोपावर कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ । त्यसैगरी हाइड्रोइलेक्ट्रिसिटीको १५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।














