८ श्रावण २०८३, शुक्रबार

बुधबार हालसम्मकै उच्च ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बुधबार ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा टेष्ट गर्दा ९ हजार ५०२ जना र ५ हजार ३३१ जनाको एन्टीजेन विधिबाट गरिएको परिक्षणमा १ हजार ८५० जना गरि एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै एकैदिन कोरोना संक्रमित हुनेको संख्या उच्च हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको ज्यान गएको छ । हाल देशभर ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप भएका मध्ये काठमाण्डौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्