राष्ट्र बैंकको गभर्नर अधिकारीसँग ५५ हजार कित्ता सेयर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको २७ हजार १ सय ८४ कित्ता साधारण सेयर (आइपिओ) रहेको छ । विभिन्न वित्तीय तथा इन्स्योरेन्स कम्पनीहरूमा गभर्नर अधिकारीको सेयर रहेको छ ।
गभर्नर अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा ११ वाणिज्य बैङ्कसहित विभिन्न वित्तीय संस्थामा उनको उक्त सेयर रहेको देखिएको हो । त्यस्तै, हाइड्रो पावर कम्पनीमा दोस्रो बजारबाट २७ हजार ९ सय २९ कित्ता सेयर खरिद गरेको समेत उल्लेख गरिएको छ ।
गभर्नर अधिकारीको श्रीमती सरिता अधिकारीको नाममा म्युचूअल फन्डमा १ लाख ८० हजार कित्ता सेयर रहेको छ । गभर्नर अधिकारीले छोरा र श्रीमतीको नाममा १० स्थानमा जग्गा रहेको समेत विवरणमा उल्लेख गरेका छन् । झापामा ३ बिघा, ललितपुरमा १२ रोपनी, मकवानपुरमा २ कट्ठा जग्गा रहेको छ ।
उनको २७ तोला सुन र ५० तोला चाँदीका गहना रहेकोसमेत विवरणमा राखिएको छ । गभर्नर धिकारीले नबिल बैंकमा २ हजार ३ सय डलर बचत रहेको समेत उल्लेख गरेका छन् । त्यस्तै, तीन वाणिज्य बैंकमा एक लाख ६३ हजार सात सय ६२ रुपैयाँ बचत रहेको छ । त्यस्तै, नागरिक लगानी कोषमा १२ लाख २४ हजार रुपैयाँ बचत रहेको छ । उनीसँग मोटरसाइकल र एउटा टोयटाको कारसमेत रहेको उल्लेख गरेका छन् ।













