८ श्रावण २०८३, शुक्रबार

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं । एभरेष्ट बैंकले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ मा आवेदन दिने म्याद थप भएको छ ।

बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष अवधिको दुई अर्ब बराबरको कुल २० लाख इकाइ ऋणपत्र जारी गरेको थियो । अब सो ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटो अवधि माघ ६ गतेसम्म आवश्यक आवेदन नपरेका कारण निष्काशन अवधि लम्बिएको हो।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका सेयर खरीका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री खुला हुने २० लाख कित्ता ऋणपत्र मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात ४० हजार कित्ता समेत) सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटि


प्रतिक्रिया दिनुहोस्