निफ्रा बैंकको २५.६६ प्रतिशत नाफा बढ्यो, सबै सूचक बढ्दा ईपीएस भने घट्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २५.६६ प्रतिशत बढेर ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेर ८२ करोड ३५ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।
यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १२.५६ प्रतिशत बढेर १३ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा २६.३० प्रतिशत बढेर ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५० करोड ३५ लाख ७६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २७ करोड ६० लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ, जगेडा कोष ७.५९ प्रतिशत बढेर २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन १३३.७५ प्रतिशत बढेर १ अर्ब ११ करोड ७७ लाख ४९ हजार रुपैयाँ र कर्जा ६५.२१ प्रतिशत बढेर ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म ५ रुपैयाँ ८७ पैसा प्रतिशेयर आम्दानी रहेको थियो । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ ।














