८ श्रावण २०८३, शुक्रबार

लगभग १ करोड कित्ता हकप्रद निष्कासन गर्न बोर्डबाट २ इन्स्योरेन्स कम्पनिले अनुमति पाए



काठमाडौं । दुई इन्स्योरेन्स कम्पनिले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका छन् । शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले ९९ लाख ३५ हजार ९ सय १६ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका छन् ।नेपाल धितोपत्र बोर्डको हिजो बसेको सञ्चालक समितीको बैठकले दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ ।

अनुमति पाएसंगै शिखर इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डमा इन्स्योरेन्सले गत जेठ २५ गते निवेदन दिएकोथियो । बोर्डबाट स्विकुत पाएसंगै इन्स्योरेनसले १०ः३० को अनुपातमा ३० प्रतिशतले हुने ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनिको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

त्यसैगरी आईएमई जनरल इन्स्योरेन्से हाल कायम चुक्ता पुजीको ४० प्रतिशतले हुने ४६ लाख ६० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको छ । इन्स्योरेन्सले नियामक निकाय नेपाल धितो पत्र बोर्डमा भदौ १७ गते निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हाल कायम चुक्ता पुजीको ४० प्रतिशतले हुने ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनिको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्