८ श्रावण २०८३, शुक्रबार

पाँच महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा एनआईसी एशिया अग्रस्थानमा, अन्य कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एनआईसी एशिया बैंकले २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ, तेस्रो स्थानमा नबिल बैंकले १ अर्ब ८९ करोड, चौथों राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड र पाँचौं ठूलो प्राइम बैंकले १ अर्ब ५० करोड रूपैयाँ नाफा आर्जन गरेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार प्रभु बैंकले १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड, मेगा बैंकले १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रूपैयाँ नाफा आर्जन गरेको छ ।

बाँकी १६ वाणिज्य बैंकहरूको नाफा एक अर्बभन्दा कम रहेको छ । सेञ्चुरी बैंकले सबैैभन्दा कम ४० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सिटिजन्स बैंकले ९९ करोड ६० लाख रुपैयाँ, स्ट्याण्डर्डचार्टड बैंकले ९० करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८७ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकले ८६ करोड ४१ लाख रुपैयाँ, लक्ष्मी बैंकले ७८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ७५ करोड ७६ लाख रुपैयाँ, एनसीसी बैंकले ७५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सनराइज बैंकले ७० करोड ३७ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ६५ करोड ९५ लाख रुपैयाँ, कृषि विकास बैंकले ६५ करोड ६ लाख रुपैयाँ, कुमारी बैंकले ६३ करोड २५ लाख रुपैयाँ, हिमालयन बैंकले ५६ करोड १० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले ५४ करोड ६६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले ४९ करोड ५९ लाख रुपैयाँ र सिभिल बैंकले ४१ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्