८ श्रावण २०८३, शुक्रबार

नबिल बैंकको नाफा २ अर्ब १८ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी ६.४० रुपैयाँले घट्यो



काठमाडौं । नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८.२० प्रतिशत बढेर २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेर ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाा खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ०.५१ प्रतिशत बढेर ८१ करोड ७५ लाख २१ हजार रुपैयाँ, सञ्चालन मुनाफा ८.६० प्रतिशत बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ र कूल सञ्चालन मुनाफा २९.१४ प्रतिशत बढेर ५ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेर १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ, जगेडा कोष २२.११ प्रतिशत घटेर १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ, निक्षेप ४.०६ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार रुपैयाँ र कर्जा ८.६८ प्रतिशत बढेर २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर २३ रुपैयाँ ५९ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ९९ पैसा रहेको थियो । यसअवधिमा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्