८ श्रावण २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ६६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५.०४ प्रतिशत बढेर २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १३.६९ प्रतिशत बढेर ९१ करोड १६ लाख ५९ हजार रुपैयाँ, सञ्चालन मुनाफा १३.५७ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ र कूल सञ्चालन मुनाफा ८.१४ प्रतिशत बढेर ६ अर्ब ४४ करोड १७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९९ पैसाले बढेर २२ रुपैयाँ ३९ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४० पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष ३.४९ प्रतिशत घटेर ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ, निक्षेप १.२९ प्रतिशत बढेर २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ र कर्जा १२.१५ प्रतिशत बढेर २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्