८ श्रावण २०८३, शुक्रबार

एनआईसी एशियाको नाफा साढे २ अर्ब र प्रतिशेयर आम्दानी ४१.५४ रुपैयाँ



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६.५७ प्रतिशत बढेर २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत बढेर ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ९४ करोड ६८ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ०.०८ प्रतिशत बढेर ८५ करोड ६३ लाख ५४ हजार रुपैयाँ, सञ्चालन मुनाफा भने १२.५९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी २७.५५ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ८८ लाख ९४ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २३.६८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड ८ लाख ८३ हजार रुपैयाँ, निक्षेप २.७६ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार रुपैयाँ र कर्जा ५.२९ प्रतिशत बढेर २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.४१ रुपैयाँले बढेर ४१.५४ रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७३ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्