नेपाल बङ्गलादेश बैंकको नाफासहित केही सूचक सामान्य घट्दा ईपीएस कति ?
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १३.८२ प्रतिशत घटेर ८१ करोड ११ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधमिा बैंकले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१८ प्रतिशत बढेर १ अर्ब २७ करोड ३८ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले खुद फि तथा कमिशन आम्दानी १३.७८ प्रतिशत बढेर ५५ करोड ७५ लाख ६६ हजार रुपैयाँ, सञ्चालन मुनाफा २१.३४ प्रतिशत घटेर १ अर्ब ५ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ८.६५ प्रतिशत बढेर २ अर्ब १८ करोड ८८ लाख १२ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ४९ करोढ ३२ लाख १९ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ, जगेडा कोष १०.६३ प्रतिशत घटेर ५ अर्ब ७६ करोड ६९ लाख ४ हजार रुपैयाँ, निक्षेप ७.३६ प्रतिशत घटेर ८० अर्ब ७१ करोड ९ लाख ९१ हजार रुपैयाँ, कर्जा ९.०६ प्रतिशत बढेर ७४ अर्ब ९० करोड ८१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६.०७ पैसाले घटेर १६.०९ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा २२ रुपैयाँ १६ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात २४.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेको छ ।













