कुमारी बैंकको नाफामा २१.७७ प्रतिशत गिरावट
काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.७७ प्रतिशत घटेर ९५ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०३ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३५ लाख ४ हजार रुपैयाँ आजर्न गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेर ३९ करोड ९२ लाख ७५ हजार रुपैयाँ, सञ्चालन मुनाफा २१.३५ प्रतिशत घटेर १ अर्ब ३६ करोड ८८ लाख ५० हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी १०.२५ प्रतिशत बढेर ३ अर्ब ५४ करोड २८ लाख ९१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा १३ करोड ८३ लाख १० हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष ९.४८ प्रतिशत घटेर ४ अर्ब ५३ करोड ८३ लाख ३ हजार रुपैयाँ, निक्षेप ९.५९ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ८२ करोड १६ लाख ३७ हजार रुपैयाँ र कर्जा १३.१० प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ९६ करोड २० लाख ७६ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ४.५९ रुपैयाँले घटेर १२.९४ रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.९४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा रहेको छ ।













