८ श्रावण २०८३, शुक्रबार

सिभिल बैंकको नाफामा १४८.४२ प्रतिशत छलाङ, सञ्चालन नाफा १७१.४६ प्रतिशत उछाल



काठमाडौं । सिभिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमसमा खुद नाफा १४८.४२ प्रतिशत बढेर ५० करोड ं४० लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २० करोड २८ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७ प्रतिशत बढेर १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९३ करोड ४५ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा १७१.४६ प्रतिशत बढेर ७३ करोड २२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष २३.९३ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६ लाख ३७८ हजार रुपैयाँ, निक्षेप ३.४६ प्रतिशत बढेर ९१ अर्ब ६९ करोड ८२ लाख १७ हजार रुपैयाँ र कर्जा ५.५५ प्रतिशत बढेर ८३ अर्ब ४२ करोड ७४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) १.७० प्रतिशत रहेकोमा घटाएर ०.९४ प्रतिशतमा झारेको छ । कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत, अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।


प्रतिक्रिया दिनुहोस्