८ श्रावण २०८३, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २.७७ प्रतिशत बढ्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २.७७ प्रतिशत बढेर १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी २४ प्रतिशत घटेर २ अर्ब ४० करोड ६९ लाख २७ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ९८ करोड २४ लाख २९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको ६ महिनामा बैंकको सञ्चालन मुनाफा ३.१६ प्रतिशत बढेर २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ३३ करोड १३ लाख १० हजार रूपैयाँ सञ्चालन मुनाफा रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र जगेडा कोष १४ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले निक्षेप संकलन १ खर्ब ७३ अर्ब ६५ करोड ७४ लाख ५ हजार रुपैयाँ र कर्जा १ खर्ब ६५ अर्ब १६ करोड ४४ लाख २० हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट घटेर २.०६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्