८ श्रावण २०८३, शुक्रबार

सेञ्चुरी बैंकको खुद नाफा ५४.७७ प्रतिशत बढ्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४।७७ प्रतिशत बढेर ७२ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशत बढेर १ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ ।र गत आर्थिक बर्षको सोही अवधमिा सञ्चालन मुनाफा ६३ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रमासिकमा बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशत बढेर १ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ र जगेडा कोष १८.२५ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप ९२ अर्ब १९ करोड रुपैयाँ र कर्जा कुल ८५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८९.४३ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) घटेर १.३१ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १५.१२ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १०.३३ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १२१.१९ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्