उपत्यकामा आजै रातीबाट जोरबीजोर, यी सवारीसाधनमा जोरबिजोर लागू नहुने
काठमाडौं । काठमाडौं उपत्यकामा आजै राती १२ बजोबाट जोरविजोर लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णय गरेका छन् ।सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइने छ ।
प्रशाशनले आज शुक्रबार एक सुचना जारी गदै औषधि एवम् स्वास्थ्य सामग्री बाक्ने, सवारी साधन, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने जनाएको छ । त्यसैगरि अत्यावश्यक सामाग्रीहरु पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू नहुने प्रशाशाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
पत्रकारहरुले भनेसूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन चलाउन सक्ने छन् । त्यसैगरी चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीहरुको पनि सवारी साधनमा जोर विजोर लाग्ने लागु हुने छैन ।













