एनसीसी बैंकको नाफसँगै प्रतिशेयर आम्दानी पनि बढ्यो
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ४६.६७ प्रतिशत बढेर ९० करोड ५ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६१ करोड ४० लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७१ प्रतिशत बढेर १ अर्ब ७० करोड १ लाख ३३ हजार रुपैयाँ आजर्न गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको ६ महिनामा बैंकको नेट फि तथा कमिशन आम्दानी २६.१६ प्रतिशत बढेर ३७ करोड ३८ लाख ३२ हजार रुपैयाँ र सञ्चालन मुनाफा १६.४६ प्रतिशत बढेर ४१ करोड २ लाख ७ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्म बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ, जगेडा कोष १०.७८ प्रतिशत बढेर ३ अर्ब ८३ करोड ३८ लाख ९२ हजार रुपैयाँ, निक्षेप १२.६३ प्तिशत बढेर १ खर्ब २० अर्ब १३ करोड ३९ लाख ७६ हजार रुपैयाँ र कर्जा १९.९८ प्रतिशत बढेर १ खर्ब १३ अर्ब ४८ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १५ पैसाले बढेर १६ रुपैयाँ १७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधमिा प्रतिशेयर आम्दानी ११.०२ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १७.४४ गुणा रहेको छ ।













