७ श्रावण २०८३, बिहिबार

नेबिको नयाँ भवनको उद्घाटन



काठमाडौं । कुनै बेला बिस्कुटको पर्यायवाची शब्द झै थियो नेबिको । “बिस्कुट भनेकै नेबिको” ५८ बर्ष अघि स्थापित व्राण्ड नेबिको अझ पनि उक्तिकै लोकप्रिय छ । निरन्तर झण्डै ६ दशकको अवधि पार गर्न सफल ब्राण्डले २०७८ माघ ७ गते एक आन्तरिक कार्यक्रम आयोजना गरि नयाँ भवनको उद्घाटन गर्यो । सो भवनमा Breakfast Cereals हरु जस्तै, Oats, Cornflakes, Chocos लगायतका प्रोडक्टहरु तयार गरि बिक्रि बितरण गरिनेछ । सोहि प्रोडक्टहरु केहि समय अघि देखिनै बजारमा टेस्ट मार्केटिङका उद्देश्यले उपलब्ध भइसकेका छन् ।

कम्पनीका कार्यकारी संचालक राजेश कुमार रौनियार, संचालक हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद भट्टराईबाट संयुक्त रुपमा सोहि युनिट को उद्घाटन भएको छ ।

थप आधुनिक मेशिन जडान गरि गुणस्तरमा अझ एकरुपता कायम होस भन्ने उद्देश्यले थप लगानी गरिएको संचालक रौनियारले बताएका छन् । साथै सम्पुर्ण कर्मचारी, ग्राहक बर्ग, एवं शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्दै आउने दिनहरुमा थप नयाँ प्रोडक्टहरु लिएर बजारमा आउने प्रतिवद्धता जनाउदै माया र प्रतिकृयाको आशा राखेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्