८ श्रावण २०८३, शुक्रबार

लुम्बिनी विकास बैंकको नाफा ३४.३१ प्रतिशत बढेर, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३४.३१ प्रतिशत बढेर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २६ करोड १८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.३३ प्रतिशत बढेर ७२ करोड ७४ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५३ करोड ७५ लाख ३० हजार रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको ६ महिनामा बैंकको सञ्चालन नाफा ४१.५८ प्रतिशत बढेर ५१ करोड ४० लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३६ करोड ३० लाख ८१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । पौष मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ५१.५१ प्रतिशत बढेर २४ करोड ९४ लाख ३३ हजार रुपैयाँ छ ।

पौष मसान्सम्ममा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर ३ अर्ब २८ करोड ४१ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २.७२ प्रतिशत बढेर २ अर्ब ६२ लाख ८४ हजार रुपैयाँ, निक्षेप ६.६८ प्रतिशत बढेर ३९ अर्ब २८ करोड ४७ लाख ८६ हजार रुपैयाँ र कर्जा २०.४२ प्रतिशत बढेर ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर २१ रुपैयाँ ४२ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ६८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्