८ श्रावण २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकको ईपीएससँगै नाफा पनि घट्यो, निक्षेप संकलन १ खर्ब रुपैयाँ



काठमाडौं । मुक्तिनात विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २.१४ प्रतिशत घटेर ६० करोड २४ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशत बढेर १ अर्ब ५३ करोड २९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ५७.७२ प्रतिशत घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा बैंकको सञ्चालन नाफा ०.५४ प्रतिशत घटेर ८६ करोड ५ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा ८६ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष ३२.९७ प्रतिशत बढेर १ अर्ब ४९ करोड ४१ लाख ९२ हजार रुपैयाँ, निक्षेप ६.६८ प्रतिशत बढेर ९९ अर्ब ३५ करोड ४७ लाख २१ हजार रुपैयाँ र कर्जा ८७ अर्ब ४ करोड ८६ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.०४ प्रतिशत घटेर ०.२६ प्रतिशतमा झरेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५.५९ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्