स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४९.३५ प्रतिशत बढेर १ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ७२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४३.९० प्रतिशत बढेर अर्ब ६५ करोड ७९ लाख रुपैयाँ र सञ्चालन मुनाफा ४८।६९ प्रतिशत बढेर १ अर्ब ५५ करोड २५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब १५ करोड २१ लाख र सञ्चालन नाफा १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो ।
पौष मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ७५ करोड ४६ लाख १४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ र जगेडा कोष ५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ८६ अर्ब २८ करोड ८२ लाख रुपैयाँ र ७६ अर्ब १० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २३.०५ रुपैयाँ छ । बैंकको प्रतिशेयर नेटवर्थ १८०.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.६९ गुणा रहेको छ । बैंकको खराब कर्जा अनुपात घटेर ०.४४ प्रतिशत कायम हुँदा कस्ट अफ फण्ड ४.३० प्रतिशत, आधारदर ६.८३ प्रतिशत, सिडी रेसियो ८७.९२ प्रतिशत र स्प्रेडदर २.६६ प्रतिशत छ ।













