सिटिजन्स बैंकको नाफा ४५.९३ प्रतिशत बढ्यो, ईपीएस ३८ पैसा घट्यो
काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ४५.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ४८.०६ प्रतिशत बढेर २ अर्ब ३९ करोड २९ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पौष मसान्तसम्मा बैंकको सञ्चालन नाफा ४५.९३ प्रतिशत बढेर १ अर्ब ६९ करोड ५८ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब १६ करोड २० लाख ९० हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.०५ प्रतिशत, बेस रेट ९.०८ प्रतिशत र सीडी रेसियो ८९.६९ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ३.४७ प्रतिशत घटेर ४ अर्ब ७१ करोड ८९ लाख ९ हजार रुपैयाँ, निक्षेप ०.३२ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ८ करोड ६० लाख ५ हजार रुपैयाँ र कर्जा ७.२८ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ५७ करोड ११ लाख ६ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३८ पैसाले घटेर १७ रुपैयाँ ४५ पैसामा सिमित भएको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा छ ।













