कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आज मिति २०७८ साल माघ ०९ गतेको दिन यस बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु–सम्पन्न भएको छ ।
सोसियल मिडिया बेकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।












