निक्षेप र कर्जा विस्तारमा आक्रामक बनेको नेपाल बैंकले ६ महिनामै कमायो १ अर्व ४१ करोड
काठमाडौं । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लोभलाग्लो प्रगती गरेको छ । बैंकले चालु आवको ६ महिनामा १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
नेपाल बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा व्यापक सुधार गरेको छ । बैंकले निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पु¥याउन सफल भएको छ भने भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ ।
२७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक बृद्घि गरेको छ । ६ महिनामा निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत बृद्घि गर्न सफल भएको छ । बैंकले गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बैंक बन्न सफल भएको छ ।
बैंकको खुद् ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई घटाउन सफल भएको देखिएको छ । गत आवको दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आवको दोस्रो त्रैमासमा त्यसमा १.९१ प्रतिशत ल्याउन सफल भएको छ ।
नेपाल अधिराज्यभरि २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रबिधिमार्फत बैंकिङ्ग सेवा सुबिधा प्रदान गर्दै गएको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढदै गएको देखिन्छ । त्यसैले यो बैैक सबै पुस्ताको रोजाइको बैंक बन्दै गएको देखिन्छ ।













