एनएमबि बैंकको नाफा ६.०४ प्रतिशत बढेपनि प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । एनएमबि बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६.०४ प्रतिशत बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेर ८६ करोड ३८ लाख ३ हजार रुपैयाँ, सञ्चालन मुनाफा ५.३८ प्रतिशत बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
पौष चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, जगेडा कोष ११.२७ प्रतिशत घटेर ५ अर्ब १९ करोड २० लाख ७१ हजार रुपैयाँ, निक्षेप १०.४६ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ र कर्जा १३.९९ प्रतिशत बढेर १ खर्ब ७२ अर्ब १४ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ ।
मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर १८ रुपैयाँ ६४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७० पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ ।













