एनआईसी एशिया बैंकको लाभांश रद्द
काठमाडौ । एनआईसी एशिया बैंकको लाभांश रद्द भएको छ । शनिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ मा शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश रद्द गरेको हो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान नगरेपछि लाभांश वितरण गर्ने प्रस्ताव रद्द गरेको बैंकले नेप्सेलाई जानकारी दिएको सुचनामा उल्लेख गरिएको छ ।
गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नभएको कारण प्रस्तावित लाभांश वितरण गर्न स्वीकृत प्रदान नगरेको बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
यस्तो छ एनआईसी एशिया बैंकले जारी गरेको सुचना :













