शेयर बजारमा १०० अंकको गिरावट, ८ अर्ब ८८ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा १ सय अंक्को गिरावट आएको छ । यस दिन बजार १००.१० अंकले ओरालो लागेर नेप्से परिसुचक २८२०.४१ अंकमा आएर बजार बन्द भएको छ । साताको पहिलो दिन हिजो आइतबार १० अंकले घटेको बजार यस दिन १ सय अंकले ओरालो लागेको हो ।
आज दिनभर २ सय २८ कम्पनिको १७ करोड ६३ हजार ८ सय ३३ कित्ता शेयर ११ लाख ३ हजार २ सय ५ पटक किनबेच हुदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
आज सबै समुह ओरालो लागेर राताम्मे भएको छ । सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले ५६९ , निर्जिवन विमा समुह ५०६ , विकास बैंक २३४, उत्पादन २४४, हाईड्रोपावर १५४ अंकले घटेको छ ।

आज उईन नेपाल लघुवित्त र बुदभुमाी नेपाल हाईड्रोपावरका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी ज्योती लाईफ इन्स्योरेन्स र गोर्खाज फाइनान्सका लगानिकर्ताले क्रमश १.८२, १.५१ प्रतिशतका दरले कमाएका छन् ।
आज कर्णाली डेभलोपमेन्ट बैंकका लगानिकर्ताले ७.८२ , माउन्टेन हाईड्रो नेपाल ७.७१, आशा लघुवित्त ७.१०, ओरीन्टेल होस्टेलका लगानिकर्ताले ७.०९ प्रतिशतका दरले गुमाएका छन् ।














