हिमालयन बैंकको खुद नाफा १३.८० प्रतिशत बढ्यो, ईपीएस भने सामान्य घट्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १३.८० प्रतिशत बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशत बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ।ब्गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पौष मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ४१.६४ प्रतिशत बढेर ४१ करोड ५३ लाख ९०हजार रुपैयाँ, सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेर १ अर्ब ६करोड २० लाख ८९ हजार रुपैयाँ र वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेर १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष २१.७० प्रतिशत घटेर ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ, निक्षेप १७.३७ प्रतिशत १ खर्ब ६५अर्ब ५१ करोड २६ लाख २१ हजार रुपैयाँ र कर्जा १९.५४ प्रतिशत बढेर १खर्ब ५० अर्ब ६७ करोड ९० लाख १६ हजार रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी ७६ पैसा घटेर ११ रुपैयाँ ४७ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ २३ पैसा प्रति शेयर आम्दानी रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ।
बैंकको खराब कर्जा ०.७२ प्रतिशत, कष्ट अफ फण्ड ६.९८ प्रतिशत, सीडी रेसियो ९२.७४ प्रतिशत, बेस रेट ८.७५ प्रतिशत र इण्ट्रेस्ट रेट स्प्रीड २.२७ प्रतिशत रहेको छ ।













