शेयर बजार ३८ अंकले घट्दा सबै समुह राताम्मे, कारोबार रकम ४ अर्बमा खुम्चीयो
काठमाडौ । शेयर बजारमा ३८ अंकले गिरावट आएको छ । साताको चौथो दिन आज बुधबार पनि शेयर बजार ३८.४५ अंकले ओरालो लागेर परिसुचक २७७६.६१ अंकमा पुगेर बजार बन्द भएको छ ।
आज ३८ अंकले ओरालो लाग्दा सबै समुह राताम्मे भएको छ । नेप्सेसंगै यस दिन कारोबार रकम पनि ओरालो नै लागेको छ । आज दिनभर २ सय ३३ कम्पनिको ९ करोड ३५ लाख ८ हजार ७ सय कित्ता शेयर ६१ हजार ४ पटक किनबेच हुदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन जिवन विमा समुह २९८ अंकले ओरालो लागेको छ । यस दिन निर्जिवन विमा समुह १४६, माईक्रोफाइनान्स ६३, विकास बैंक ८४, फाइनान्स ५९, उत्पादन ५४, हाईड्रोपावर ५२, व्यापार २९, होटल एण्ड टुरीजम १५ अंकले ओरालो लागेको छ ।

यस दिन विन नेपाल लघुवित्त, बुद्धभुमी हाईड्रोपावरका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सिईविडि हाईड्रोपार कम्पनिले लिमिटेड, सानीमा जनरल इन्स्योरेन्सका लगानिकर्ताले क्रमश ४.९७ र ४.०३ प्रतिशतका दरले गुमाएका छन् ।













