चिलिमेको नाफा बढेपनि ईपीएस भने घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चिलिमेको नाफा बढेपनि ईपीएस भने घट्यो



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २.२४ प्रतिशत बढेर ४० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.३५ प्रतिशत घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानी ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ५.६० प्रतिशत घटेर ४२ करोड ६० लाख ७६ हजार रुपैयाा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४५ करोड १३ लाख ३२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

वित्तीय आम्दानी ७५.५४ प्रतिशत बढेर ९१ करोड १२ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले वित्तीय आम्दानी ५ करोड २० लाख ११ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेर ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ७.६४ प्रतिशत घटेर ३ अर्ब २७ करोड ९१ लाख २६ हजार रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५० पैसाबाट घटेर ११ रुपैयाँ ८९ पैसामा सिमित भएको छ । कम्पनीको मुल्य आम्दानी अनुपात ४१.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्