सप्तकोशी डेभलपमेन्ट बैंकका अधिकांश सूचक ऋणात्मक, ब्याज आम्दानी भने बढ्यो
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १२.१० प्रतिशत ११ करोड १२ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९ करोड ९१ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ करोड ४५ लाख ३४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ करोड १३ लाख ४३ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष १३.१८ प्रतिशत बढेर ११ करोड ९ लाख १४ हजार रुपैयाँ, निक्षेप १ण्.३४ प्रतिशत घटेर ४ अर्ब ४ करोड ५१ लाख ८५ हजार रुपैयाँ र कर्जा ५.४७ प्रतिशत बढेर ४ अर्ब २१ करोड १७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.३५ प्रतिशत, खराब कर्जा ५.२५ प्रतिशत र बेस रेट ११.५५ प्रतिशत रहेको छ ।













