औद्योगिक प्रयोजनका सवारी साधनबाट अनुचित शुल्क तथा जरिवाना नअसुल्न आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

औद्योगिक प्रयोजनका सवारी साधनबाट अनुचित शुल्क तथा जरिवाना नअसुल्न आग्रह



काठमाडौं । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालसहित कार्यसमितिका पदाधिकारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षकलाई भेट गरी मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट हुने गरेको अव्यवहारिक शुल्क–जरिवाना असुली कार्य बारे अवगत गराई त्यस्ता अनुचित गतिविधिहरुको तत्कालै अन्त्य गराउन अनुरोध गरी ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष रिजालको नेतृत्वमा गएको संघको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समक्ष मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीका केही निकायहरुबाट विभिन्न शिर्षकमा शुल्क–जरिवाना असुल्ने कार्य भईरहेको छ ।

औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रनु पर्ने भारतीय सवारी साधनहरु हाल फोरवेशगंज–जोगबनी–विराटनगर सडक खण्डको जिर्ण अवस्थाको मीरगंज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० कि.मी. गन्तव्य तय गर्न बाध्य रहेको छ ।

त्यसबाट नेपाली आयातकर्ताहरुलाई लागत खर्च बृद्धिको मार परिनै रहेको अवस्थामा नेपाली पक्षबाट समेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग–व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पु¥याउने कार्य भई रहेको बताउँदै सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशन जारी गरिदिन आग्रह गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्